
१. यदि कसैले तपाइलाई आवश्यकता पर्दा मात्र याद गर्छन भने पनि उनिहरुलाई गलत नबुझ्नुहोस किनकी तपाईं उनिहरुको जिन्दगीको लागि त्यो ज्योतीको किरण हुनुहुन्छ जसले उनिहरुको अध्यरोपना लाई उज्यालोमा परिणत गरिदिने सक्षमता राख्नुहुन्छ।
२. अँध्यारो थियो र त बत्तिको आविष्कार भयो, हिंडेर टाढा पुग्न गाह्रो भयो र त गाडीको आविष्कार भयो ।समस्या प्रगतिको बाधक होईन । त्यो त प्रगति गर्नको लागि अवसर हो । त्यसैले समस्यालाई ठूलो बाधक ठानेर नबस्नुहोस्, त्यसको समाधानमा लाग्नुहोस्।
३. जब तलाउमा पानी भरिन्छ तब माछाले किरालाइ खाने गर्दछ, तर जब तलाउमा पानी सुकेर जान्छ तब तेहि माछालाइ किराले खाने खाने गर्दछ। त्यसैले कहिले पनि जीवनमा शक्ति हुनेहरुकाे रवैयावाट निरास नहु किनकि पालाे सवैकाे अाउछ वस अलिकति ढिलाेचाडाे मात्रै हाे ।
४. शिक्षा भन्दा पहिला संस्कार भगवान भन्दा पहिला अामा-बुवा लाई अग्र स्थानमा राख्न सक्यो भने जिन्दगीमा कहिल्य दु:ख कष्ट भोगनु पर्दैन ।
५. यदि विवाहित जिवनमा खुशी देख्न चाहनुहुन्छ भने दुई वटा कुरा याद राख्नुस १. जब तपाई गलत हुनुहुन्छ आफ्नो गल्ती चुपचाप स्विकार गर्नुस। २. जब तपाईं सहि हुनुहुन्छ हने पनि मौन रहनुस।
६. जमाना पनि अजिबको छ , यसले असफल मान्छेहरुको मजाक उडाउछ र सफल मान्छेहरुसित जल्ने गर्छ ।
७. मौका सबैलाई आउँछ , समय सबैको आउँछ , कसैले चाल चल्दछ भने कसैले सहन्छ ।
८. घमण्ड जसमा कम हुन्छ महत्व उसैको बढी हुने गर्दछ ।
९. कपडा जतिसुकै महगो होस घटिया चरीत्रलाई लुकाउन सक्दैन ।
१०. ठक्कर यसकारणले लाग्दैन कि मान्छे लडोस , ठक्कर यसकारणले लाग्छ कि मान्छे सम्हालियोस ।
११. त्यो मान्छे सफल हुन्छ जसले अरूले हानेको ढुङ्गा टिपेर प्रतिकार होईन त्यहि ढुङ्गाले बाटो बनाउँदै अघि बढ्छ ।
१२. “ढुंगा” एक पटक मन्दिर जान्छ र भगवान बन्छ तर… मान्छे दिनदिनै मन्दिर जान्छ र पनि सधै ढुंगै रहन्छ।
१३. व्यवहारले चिनिन्छ व्यक्ति, महङ्गो कपडा त पुत्लाले पनि लगाएको हुन्छ पसलमा।
१४. धोका दिनु त हरेक मान्छेको “काम” हुन्छ बाध्यता त बस् लुकाउनुको “नाम” हुन्छ “ल।
१५. एकदिन सानो माछाले ठूलो माछा लाई सोधेछ सानो माछा : हामी सदै पानीमा किन बस्छौ जमिनमा किन बस्दैनौ? ठूलो माछा : हामी fish हौ बाबू selfish होइनौ।
१६. आज सम्म धेरै भरोसा टुट्यो तर भरोसा गर्ने बानी कहिले छुट्ने ।