शरीरको कुन ठाउँमा कोठी भए के हुन्छ ?

जीवनशैली

मानव शरीरका विभिन्न अंगको बनित र रूपरेखाका आधारमा उसको गुण, कर्म र स्वभाव आदिको अनुमान लगाउने शास्त्रलाई समुद्रशास्त्र भनिन्छ। सामान्यतया समुद्रशास्त्रमा हत्केलाका रेखाहरूको अधारमा र अनुहार र निधार हेरेर मानिसको स्वभाव एवं भविष्यबारे अनुमान लगाउने गरिन्छ। त्यस्तै यस शास्त्रले मानिसको शरीरमा रहेका कोठीहरूको आधारमा समेत यस्तो खालको भविष्यवाणी गर्ने गर्दछ ।

सामान्यतया मानिसको छालामा आउने काला वा अन्य रंगका दानालाई कोठी भनिन्छ | यो छालालाई रङ्ग प्रदान गर्ने कोषिका एकै ठाउँमा थुप्रिएर रहने अवस्था हो । विज्ञानको कोठीबारेकोई बुझाइ बेग्लै भएपनि समुद्रशास्त्रले भने कोठीले पनि मानिसको भाग्य निर्धारण गर्ने र कोठीकै आधारमा मानिसको भाग्य र व्यवहार बताउन सक्ने चर्चा गरिएको पाइन्छ । यस शास्त्र अनुसार शरीरको विभिन्न भागमा आउने कोठीले विशिष्ट अर्थ तर्फ संकेत गर्ने गरेका छन् । तीमध्ये केही यहाँ संकलित गरिएका छन् ।

निधारमा कोठी: बलवान । चिउँडोमा कोठी: श्रीमान/श्रीमतीसँग खासै प्रेम नगर्ने र श्रीमान/श्रीमतीको खासै रेखदेख नगर्ने । दाहिने आँखामा कोठी: आफ्नी श्रीमतीसँग बहुत प्रेम गर्ने, श्रीमतीको निकै ख्याल राख्ने । देब्रे(बायाँ) आँखामा कोठी: श्रीमान/श्रीमतीसँग अक्सर बाझिरहने, दाम्पत्य जीवन दुःखी रहने । दाहिने गलामा कोठी: धनवान हुने । पैतृक सम्पत्ति प्राप्त हुने । देब्रे गलामा कोठी: बढी खर्चालु । ओठमा कोठी: बढी कामोत्तेजक, यस्ता मानिसको मनमा सधैँ कामनाको बास रहने गरिन्छ ।

कानमा कोठी: अल्पायुमै मृत्यु हुनसक्ने । गर्धनमा कोठी: यस्ता मानिस निकै सौखिन किसिमका हुन्छन् । सधैं आरामदायक जीवन जिउन चाहने । दाहिनेपट्टि हातमा कोठी: त्यस्ता मानिसलाई खुबै मान-प्रतिष्ठा मिल्छ । यस्ता मानिसहरुलाई समाजमा उच्च ओहोदा मिल्छ । दाहिनेपट्टिको हातमा कोठी: झगडालु स्वभाव । नाकमा कोठी: यस्ता मानिसलाई यात्रा गरिरहने अवसर प्राप्त हुन्छ । दाहिने छातीमा कोठी: स्त्रीप्रति प्रेम हुनुको संकेत । यस्ता पुरुषले आफ्नी पत्नीलाई खुबै प्रेम गर्छन् ।

देब्रे छातीमा कोठी: त्यस्ता मानिसहरुको आफ्नी श्रीमती वा अन्य महिलाहरुसंग कुनै न कुनै बहानामा झगडा भइरहन्छ । कमरमा कोठी: जिन्दगिभरि समस्याहरुसंग लडिरहनु पर्ने । पेटमा कोठी: राम्रो र मीठो खानाका सौखिन । पिठ्युँमा कोठी: आफ्नो जीवनकालमा कयौं यात्रा गर्ने । दाहिने हत्केलामा कोठी: बलवान हुनुको संकेत । देब्रे हत्केलामा कोठी: अत्यधिक खर्चालु स्वभाव । दाहिने खुट्टामा कोठी बुद्धिमान हुनुको संकेत । देब्रे खुट्टामा कोठी: यिनीहरुको खर्च अत्यधिक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *